स्थानीय समस्यामा आधारित स-साना अध्ययन परिक्षण तथा भ्यालिडेसन परिक्षण संचालन गर्ने,
माटो तथा मल, बाली संरक्षण र वीउविजन परिक्षण सम्बन्धि सामान्य प्रयोगशाला सेवा,
प्रदेश र स्थानीय तहमा कार्यरत प्राविधिक तथा व्यवसायिक कृषक र व्यबसायीहरुको लागी कृषि पशुपंक्षीसँग सम्बन्धित विशिष्टीकृत ज्ञान शीप प्रदान गर्न एडभान्स तालिम संचालन गर्ने,
स्थानीय तहको क्षमताले नभ्याउने प्रकृतिका विशेषज्ञ प्राविधिक सेवा टेवा,
प्रदेश अन्र्तगत संचालन हुने संघिय कृषि विकास कार्यक्रम, आयोजनाको समन्वय तथा सम्पर्क विन्दूको रुपमा कार्य गर्ने,
प्रदेश सरकार मार्फत संचालन हुने कृषि विकास कार्यक्रम, आयोजना संचालनमा प्रदेश सरकारलाई सहयोग गर्ने
कृषि आर्थिक महत्वका स्थानिय कृषि जैविक विविधताको पहिचान, संरक्षण र उपयोग गर्ने,
कृषि अनुसन्धान परिषदको वाह्य अनुसन्धान स्थल (इगतचभबअज कष्तभ) को रुपमा कार्य गर्ने,
वीउ विजन तथा उन्नत नश्चको लागी श्रोतकेन्द्रको रुपमा कार्य गर्ने,
स्थानीय तह र कार्यरत जनशक्तिको क्षमता विकास सम्बन्धि कार्य,
बहु स्थानीय तह समेटि कार्यान्वयन हुने संघीय आयोजनाहरुको संचालन र नियन्त्रण,
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कमाण्ड क्षेत्र भित्रका पकेट, व्लक, जोन तथा सुपरजोनहरुको लागी प्राविधिक सेवा टेवा,
एग्री इकोलोजिकल जोन अनुसारको प्राथमिकता प्राप्त बाली बस्तु विकासको योजना, मूल्य अभिबृद्धि श्रृंखला विकास तथा कार्यान्वयनको समन्वय
कृषि स्नातक तथा जे.टी./जे.टी.ए. कोर्ष अध्ययनरत विद्यार्थीहरुका लागी इन्टर्नसिप कार्यक्रम संचालन गर्ने,
स्थानीय तहका कृषि विकासका इकाईहरुबाट कृषि सम्बन्धि तथ्यांक संकलन तथा अध्यावधिक गर्ने साथै संकलित तथ्यांक प्रदेश र संघिय तालुक निकायहरुमा पठाउने ।
आफ्नै कमाण्ड क्षेत्रभित्र कृषि उद्यम तथा व्यवसाय संचालन गर्न चाहनेहरुको लागी व्यवसाय विकास सेवा उपलव्ध गराउ
समग्र कृषि विकासको विषयमा प्रदेश र स्थानीय तह बीच पुलको काम गर्ने ।