लुम्बिनी प्रदेश सरकार

कृषि तथा भूमि व्यवस्था मन्त्रालय

कृषि विकास निर्देशनालय

कृषि ज्ञान केन्द्र, बाँके

नेपालगंज, बाँके, नेपाल

कार्य विवरण

  • स्थानीय समस्यामा आधारित स-साना अध्ययन परिक्षण तथा भ्यालिडेसन परिक्षण संचालन गर्ने,
  • माटो तथा मल, बाली संरक्षण र वीउविजन परिक्षण सम्बन्धि सामान्य प्रयोगशाला सेवा,
  • प्रदेश र स्थानीय तहमा कार्यरत प्राविधिक तथा व्यवसायिक कृषक र व्यबसायीहरुको लागी कृषि पशुपंक्षीसँग सम्बन्धित विशिष्टीकृत ज्ञान शीप प्रदान गर्न एडभान्स तालिम संचालन गर्ने,
  • स्थानीय तहको क्षमताले नभ्याउने प्रकृतिका विशेषज्ञ प्राविधिक सेवा टेवा,
  • प्रदेश अन्र्तगत संचालन हुने संघिय कृषि विकास कार्यक्रम, आयोजनाको समन्वय तथा सम्पर्क विन्दूको रुपमा कार्य गर्ने,
  • प्रदेश सरकार मार्फत संचालन हुने कृषि विकास कार्यक्रम, आयोजना संचालनमा प्रदेश सरकारलाई सहयोग गर्ने
  • कृषि आर्थिक महत्वका स्थानिय कृषि जैविक विविधताको पहिचान, संरक्षण र उपयोग गर्ने,
  • कृषि अनुसन्धान परिषदको वाह्य अनुसन्धान स्थल (इगतचभबअज कष्तभ) को रुपमा कार्य गर्ने,
  • वीउ विजन तथा उन्नत नश्चको लागी श्रोतकेन्द्रको रुपमा कार्य गर्ने,
  • स्थानीय तह र कार्यरत जनशक्तिको क्षमता विकास सम्बन्धि कार्य,
  • बहु स्थानीय तह समेटि कार्यान्वयन हुने संघीय आयोजनाहरुको संचालन र नियन्त्रण,
  • प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कमाण्ड क्षेत्र भित्रका पकेट, व्लक, जोन तथा सुपरजोनहरुको लागी प्राविधिक सेवा टेवा,
  • एग्री इकोलोजिकल जोन अनुसारको प्राथमिकता प्राप्त बाली बस्तु विकासको योजना, मूल्य अभिबृद्धि श्रृंखला विकास तथा कार्यान्वयनको समन्वय
  • कृषि स्नातक तथा जे.टी./जे.टी.ए. कोर्ष अध्ययनरत विद्यार्थीहरुका लागी इन्टर्नसिप कार्यक्रम संचालन गर्ने,
  • स्थानीय तहका कृषि विकासका इकाईहरुबाट कृषि सम्बन्धि तथ्यांक संकलन तथा अध्यावधिक गर्ने साथै संकलित तथ्यांक प्रदेश र संघिय तालुक निकायहरुमा पठाउने ।
  • आफ्नै कमाण्ड क्षेत्रभित्र कृषि उद्यम तथा व्यवसाय संचालन गर्न चाहनेहरुको लागी व्यवसाय विकास सेवा उपलव्ध गराउ
  • समग्र कृषि विकासको विषयमा प्रदेश र स्थानीय तह बीच पुलको काम गर्ने ।