Published Date : 2019-11-17

पृष्ठभुमि
बांके र बर्दिया कार्यक्षेत्र हुने गरि २०७५ भाद्र २८ गते कृषि ज्ञान  केन्द्र, बाँकेको बिधिवत उद्घाटन भई कार्य प्रारम्भ भएको हो । साबिक जिल्ला कृषि बिकास कार्यालय को भवनमा यस केन्द्र रहेको छ । प्रदेश नं.५ को भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतको यस केन्द्रले कृषि आधुनिकिकरण, यान्त्रीकरण र ब्यवसायिकरणका लागी बिभिन्न कार्यहरु गर्दै आएको छ । साबिक जिल्ला कृषि बिकास कार्यालयहरुको खारेजी पश्चात ब्यवसायिक उत्पादकहरु लाई बिज्ञ सेवा प्रवाह गर्न र स्थानीय तहका कृषि प्राबिधिकहरु लाई कार्यक्रम तर्जुमा र कार्यान्वयनमा सहजिकरण र क्षमता बिकासमा टेवा पु¥याउने सन्दर्भमा कृषि ज्ञान केन्द्रको भुमिका महत्वपुर्ण ठानिएको छ । बर्दिया जिल्लामा साबिक जिल्ला कृषि बिकास कार्यालयको भवनमा जिल्ला सम्पर्क केन्द्र स्थापना गरी स्थानीय कृषकको सहजताका लागी सोहि सम्पर्क केन्द्र बाट कार्य सन्चालन हुदै आएको छ  । चालु आ.ब.मा प्रदेश सरकारबाट प्राप्त कार्यक्रम र संघिय सरकार बाट हस्तानान्तरित कार्यक्रमहरु कार्यान्वयनमा रहेका छन ।
अन्नको भण्डार मानिने पश्चिम तराईका बर्दिया तथा बाँके जिल्लामा कृषि ब्यवसायिकरण तथा उत्पादन बृद्धिको प्रचुर संभावना रहेको छ । बर्दिया जिल्लाको कुल खेति योग्य जमिन ७५००० हे मध्ये ६०१०० हे. मा खेति गरिएको छ, जसमध्ये धानबालीले ओगटेको क्षेत्रफल ५०२५०.० हे छ । धान बालीको अतिरिक्त गहु, मकै, दलहन, तरकारी, चैते धान, आदीको उत्पादन उल्लेखनीय हुने गरेको छ । जिल्लामा राजापुर सिंचाई आयोजना, बबई सिंचाई आयोजना जस्ता ठुला सिंचाई आयोजना कार्यान्वयनमा छन, जिल्लामा हाल सम्म ४२५६६ हे. (७१ प्रतिशत) मा सिचाई सुबिधा पुगेको छ । निर्माणाधिन भेरि–बबई डाइभर्सन बहुउदेश्यीय आयोजनाले बदिया तथा बाँके जिल्लामा ५१,००० हे जमिनमा बाह्रै महिना सिंंचाई सुबिधा पु¥याउने लक्ष लिएको छ ।  

बाँके तथा बर्दिया जिल्लामा मुलत समथर तराईको भुभाग समेटिएको छ । बर्दिया जिल्लामा समथर तराई भुभाग ६८.७६ प्रतिशत र शिवालिक क्षेत्र ३१.२४ प्रतिशत रहेको छ । चेपांग, बबई आदी शिवालिक क्षेत्रमा रहेका प्रमुख भुभाग हुन । २०६८ को जनगणना अनुसार जिल्लाको कुल जनसंख्या ४,२६,५७६ रहेको छ । बर्दिया जिल्लामा साक्षरता ६५.३९ प्रतिशत रहेको छ, पुरुष साक्षरता ७३.५४ प्रतिशत र महिला साक्षरता ५७.९५ प्रतिशत छ, जुन राष्ट्रिय औषतको निकट देखिन्छ । महिला घरमुली संख्या २४.९४ प्रतिशत रहेको छ, जनघनत्व २११ प्रति बर्ग किलोमिटर छ । परिबार संख्या ८३,१७६ रहेको, परिबारको औषत आकार राष्ट्यि औषत भन्दा केही बढी ५.१३ रहेको छ । शहरी जनसंख्या १३.०६ प्रतिशत रहेको छ । बाँके तथा बर्दिया जिल्लामा जनघनत्व राष्ट्रिय औषत (१८० प्रति बर्ग कि.मि.) भन्दा बढी र शहरी जनसंख्या राष्ट्रिय औषत (१७.०७ प्रतिशत) भन्दा कम देखिन्छ ।


बाँके जिल्लामा ५७२५२ हे कुल खेति योग्य जमिन मध्ये ५२८३८ हे मा खेति गरिएको छ, जस मध्ये कुल सिंचित क्षेत्रफल १४५७३  हे (२७.५ प्रतिशत) रहेको छ ।  जिल्लामा ३३,७६६ हे. मा बर्षभरि सिंंचाई सुबिधा पु¥याउने लक्ष लिएको सिक्टा सिचाई आयोजना कार्यान्वयनमा रहेकोले यसको समापन पश्चात सिंचित क्षेत्रफलमा ब्यापक बृद्धि हुने देखिन्छ । सिंचाई सुबिधाको बिस्तार संगै बर्दिया तथा बाँके जिल्लामा बसन्ते मकै, चैते धान, मुंग, मास, तरकारी आदी बालीहरु बाली प्रणालीमा समाबेश गर्दै बाली सघनता बिस्तार एवं उत्पादकत्व बृद्धि गर्न सकिने संभावना रहेको छ । बाँके तथा बर्दिया जिल्लामा केही बिशिष्ट बस्तु उत्पादनको संभाब्यता रहेको छ; अंगुर तथा ड्युरम गहु यसका उदाहरण हुन ।

बाँके जिल्लाको केही भाग चुरे क्षेत्रमा रहेको र यसको उचाई ६१० मिटर देखि १२३६ मिटर सम्म फैलिएको छ भने बाकी समथर तराई भुभाग मध्य–समुद्र सतहबाट १२७ देखि  ६१० मिटरको उचाईमा फैलिएको छ । चुरे पर्बत श्रंखला अन्र्तगत हात्तिसार, कन्याडाडा, गाईलेक, देउराली आदी पर्दछन । चुरे भावर क्षेत्रमा चिसापानी, महादेवपुरी, कचनापुर, खासकुश्मा र बैजापुर पर्दछन भने बाँकी भुभाग तराई क्षेत्रमा पर्दछ । चुरे क्षेत्रमा शितोष्ण र तराई क्षेत्रमा उष्ण प्रकारको हावापानी पाईन्छ । जिल्लाको औषत सापेक्षिक आद्र्रता ७१.४ प्रतिशत छ । २०६८ को जनगणना अनुसार बाँके जिल्लामा परिबार संख्या ९४७७३, जम्मा जनसंख्या ४९१३१३, पुरुष २४४२५५ र महिला २४७०५८ रहेको छ । यस जिल्लामा ५ बर्ष उमेर माथिको जनसंख्याको साक्षरता प्रतिशत ६२.३९ प्रतिशत रहेको, पुरुषको साक्षरता ६९.९६ प्रतिशत र महिलाको ५४.९५ प्रतिशत रहेको छ, जुन राष्ट्रिय औषत भन्दा केही कम हो । परिबार सदस्य संख्या राष्ट्रिय औषत (४.८८) भन्दा केही बढी अर्थात ५.६ रहेको छ । जनघनत्व २१० प्रति बर्गकिलोमिटर रहेको छ, सो २०५८ मा १६५ मात्र थियो । शहरी जनसंख्या १४.७६ प्रतिशत रहेको छ  ।